भाकल पुरा गर्न छातीमा जमरा उमार्न उपवासमा बसिन् निरा देवी
किरण न्यौपाने,
प्रकाशित २०७५ असोज २४ बुधबार
932
Shares
रंगेली । मोरङको रंगेली स्थित संसारी माईस्थान मन्दिरमा एक महिलाले छातीमा जमरा उमार्न र्निजल उपवासमा बसेकी छिन् । आज घटस्थापनादेखी विधिवत रुपमा पाठपुजा गरेर मोरङ जहदा गाऊपालिका वार्ड नं.४ बस्ने ४० वर्षिया निरा देवी मण्डलले छातीमा जमरा उर्मान कलश सहित र्निजल उपवास बसेकी हुन् ।
मण्डलले मन्दिरको पक्की भुईमा बाटो थुपारेर त्यस माथी आफु सुतेर छाती माथी कलश सहित जमरा उर्मान मकै, धान, जहु लगायत छरेर छिन् ।
छातीमा जमरा उर्मान मन्दिर परिसरमा सुतेर बसेकी मण्डललाई अहिले हेर्नेहरुको घुईचो लाग्ने थालेको छ । निसन्तान रहेकी उनले जितिजा पर्वको राती छातीमा जमरा उर्मान सन्सारीमाई स्थान मन्दिरमा बसेको सपना आएपछी आफुले र्निजल काठोर भाकल पुरा गर्न बसेको बताईन ।
मन्दिरमा निशन्तान र चिताएको पुग्ने जनवविश्वास रहेको छ । गतवर्ष भारत अररिया जिल्ला पलासी १ बस्ने ४५ वर्षिय अनिता देवी चौधरी आफनो भाईका ६ वटा छोरी जन्महुदा समेत छोराको जन्म नभएको भनी भाकल गरे लगतै छोराको जन्म भएपछी उनले समेत काठोर भाकल पुरा गर्न छातीमा जमरा उर्मन बसेकी थिईन ।
अहिले उनलाई हेर्नकालागी दक्र्षिणपुर्वी मोरङको रतुवामाई, सुनवर्षि, धनपालथान, विराटनगर लगायत भारीतय सिमावर्ती क्षेत्रहरुको मानिसहरुको भिड लाग्ने गरेको छ ।
मण्डलले आफनो भाकल पुरा गर्न अन्न समेत ग्रहण नगरी र्निजल नवरात्री भरी मन्दिरको प्रागणमा नचटपटाई सुतेर बस्ने मन्दिर व्यवस्थापन समितीका अध्यक्ष संजिव श्रेष्ठले बताए । संसारीमार्ई स्थान मन्दिरमा प्रदेश नं.१ कै बढी भक्तजनहरुको भिड रहने गर्दछ । मन्दिरमा घटस्थापना देखी नवरात्री भरी विषेश पुजाअर्चना सहित चण्डिपाठ गरी फुलपती भित्राउने चलन रहदै आएको छ ।