निर्मला हत्या प्रकरण : मानव अधिकार आयोगले गर्याे विज्ञसँग सल्लाह
प्रकाशित २०७५ असोज २४ बुधबार
200
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको हत्याबा सन्दर्भमा राय, सुझाव लिन अपराध अनुसन्धानका विज्ञसँग सल्लाह गरेको छ ।
आयोगमा बुधबार भएको छलफलमा घटनामा प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट गरिएका अनुसन्धान तथा अनुसन्धानको सिलसिलेवार प्रक्रिया लगायतका विषयमा कुरा भएको थियो ।
छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणहरुको संकलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधिर र प्रक्रिया लगायत अहिलेसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा विश्लेषण गरिएको आयोगका निमित्त सचिव मुरारिप्रसाद खरेलले जानकारी दिए ।
विज्ञहरुले आउने दिनमा प्रहरीले गरेको अनुसन्धानको विषयमा आयोगले गर्नुपर्ने कामबारे सुझाव दिए । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदिप पाठक, नेपाल प्रहरीका पूर्व अरिक्ति महानिरीक्षकहरु राजेन्द्रबहादुर सिंह, विज्ञानराज शर्मा, पूर्व प्रहरी नायब महानिरीक्षकहरु रमेश खरेल र बमबहादुर भण्डारी, पूर्व नायव महान्यायाधिवक्ताहरु नरेन्द्रलाल पाठक, सूर्यप्रसाद कोइराला, र ठोकप्रसाद शिवाकोटीलगायत छलफलमा सहभागि भए ।