तीर्थ गएका विनोद भारतको गयामा खाना खाने क्रममा बेपत्ता
प्रकाशित २०७५ असोज २५ बिहिबार
638
Shares
कावासोती । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।
असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उनका दाजु शिव महतोले जानकारी दिए। उनि १७ गते तीर्थका लागि भारत गएका थिए । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उनले बताए । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए ।
विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछिसँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताए ।