arrow

चर्चा वामदेवकाे, धपेडी पाेखरेललाई

क–कसलाई भेटे ईश्वर पोखरेलले ?  

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
bam-ishwor.jpg

काठमाडौं । वामदेव गौतमलाई संसदमा ल्याउने चर्चाकाबीच नेकपाका मध्यमार्गी नेताहरुको सक्रियता बढेको छ ।  नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेट गरेका छन् ।

दौडधूपमा रहेका पोखरेलले ‘उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन । मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन’ भने ।  नेता पोखरेलले ‘ पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ’ समेत भनेका छन् । 

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग हारेका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन लागिएको हल्ला छ । 

उहाँलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो । पछिल्लो समय काठमाडौ ७ खाली गराएर गौतमलाई संसदमा ल्याउन लागिएको चर्चा भएपछि नेकपाका नेताहरु कोही शीर्ष नेताको बचाउमा उत्रिएका छन् भने कोही खरो रुपमा असन्तुष्टि राख्न थालेका छन् । यो घटनाक्रमले पार्टीको नियमित कार्यसूचिनै प्रभावित भएको खबर छ, भने अब गौतम चुनाव नलड्ने हल्ला समेत सँगसँगै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ