दशैँ लागेपछि घुस खाने उपसचिवलाई दशा, लाग्याे हत्कडी
प्रकाशित २०७५ असोज २५ बिहिबार
391
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले पर्साबाट एक उपसचिवलाई पक्राउ गरेकाे छ । शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार घुस लिएको अाराेपमा पक्राउ परेका हुन् ।
विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । प्रवक्ता दंगालका अनुसार आरोपी उपसचिव साहबारे अनुसन्धान भइरहेको छ ।