arrow

टाउकोमा नाम्लो हाली ल्याइएको ४८ केजी गाँजा र २१ केजी चरेशसहित २ पक्राउ

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
charesh-pakrau.jpg

काठमाडौं । प्रहरीले टाउकोमा नाम्लोको भारी लगाई ल्याइएको ४८ केजी र २१ केजी चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।

लागु औषध तस्कर भैरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय र  प्रहरी चौकी रंगपुरटाँडी समेतबाट संयूक्त रुपमा खटिएको प्रहरी टोलीले  पर्साको पटेर्वासुगौलीबाट सो मात्राको  गाँजाको धुलो पाउडर र चरेश बरामद गरेको हो ।

प्रहरी गधियानी टोलको पुग्दा पश्चिम जंगल तिरबाट पुर्ब गाँउ तर्फ ८ /९ ब्यक्तिहरु मध्ये ४ जना व्यक्ती टाउकोमा नाम्लोको भारी लगाई ढाड्मा बोरा भिरी आईरहेको र अन्य व्यक्तिहरु हातमा लाठी बोकी आई रहेका थिए । प्रहरीले निजहरुलाई रोक्न लाग्दा अन्य ब्यक्तिहरुले बोकी ल्याएको बोरा फाली फरार भएकोमा २ जना पुरुष ब्यक्तिहरुलाई निजहरुले बोकेको बोरा सहित नियन्त्रणमा लिएको छ।

 नियन्त्रणमा पर्नेमा  ५२ वर्षीय बिर बहादुर मोक्तान र ४४ बर्षीय  सुर्य बहादुर स्याङतान रहेका छन् । बिर बहादुर मोक्तानले बोकेको पहेलो रंगको बोरा भित्र चरेश ७ किलो र गाँजाको धुलो पाउडर १० किलो रहेको छ । त्यस्तै सुर्य बहादुर स्याङतानले बोकेको सेतो रंगको बोरा  भित्र ७ किलो र  १० किलो  गाँजाको धुलो पाउडर रहेको छ ।  


अन्य व्यक्तिहरुले बोकी ल्याएकोसहित लागु औषध गाँजा धुलो पाउडर ४८  किलो तथा चरेश २१ किलो रहेको प्रहरीले जनाएको छ ।  बिर बहादुर मोक्तान र सुर्य बहादुर स्याङतानलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रक्रिया राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ