प्रतिपक्षको सकारात्मक सुझावलाई सरकारले आत्मसात् गरोस् : वरिष्ठ नेता पौडेल
प्रकाशित २०७५ असोज २६ शुक्रबार
499
Shares
नवलपरासी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावना अनुसार काम गर्नुपर्ने विचार व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए।
वरिष्ठ नेता पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाए। अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो।
सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए। रासस