arrow

गुर्जा हिमालमा ज्यान गुमाएका ९ जनाकै नाम खुल्यो 

उद्धार अझै हुन सकेन  

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
news2.JPG

म्याग्दी । म्याग्दीको गुर्जा हिमाल चढ्न जाँदा बेपत्ता भएका ९ जनाको शव देखिएको छ । तर हलिकप्टर ल्याण्ड हुन नसक्दा उद्धार हुन सकेको छैन । म्याग्दीको धौलागिरि गाउँपालिका—१ मा पर्ने गुर्जा हिमाल चढ्न गएको ५ कोरियन र चार नेपालीको गुर्जा हिमालको माथिल्लो बेस क्याम्पमा शव भेटिएको तल्लो वेशक्याम्पमा पुुगेका ट्रेकिङ क्याम्प नेपालका गाईड लाक्पा शर्पाले जानकारी दिएका छन् । 

उनीहरु सबैको नाम खुलेको छ । तर शव  पहिचान गर्न समस्या परेको उनले बताए । संखुवासभाका छिरिङ भोटे, फुर्बु भोटे र ल्हाक्पा साङबु भोटे, म्याग्दी गुर्जाखानीका नेत्र बहादुर छन्त्याल सहित कोरियन नागरिक याङ ओ किन, योङ जिक यो, जाए हेन ली, यी जीन रिन र जुङ जून मो को मृत्युु भएको पुुष्टि भएको छ । हेलि ल्याण्ड गर्न अप्ठ्यारो ठाउँ भएकाले शब निकाल्न नसकिएको शेर्पाको भनाइ छ। 

घटना २५ गते राती भएको थियो । घटनास्थल असाध्यै गाह्रो ठाउँमा भएका कारण, अब हेलिकोप्टरबाट डोरीको माध्यमबाट घटनास्थल ओर्लिर, त्यहीँबाट उद्धार गर्नु पर्ने अबस्था देखिएको उनले बताए । यस्तो उद्धारलाई लङ लाइन रेक्स्यू भनिन्छ ।  बिहान हेलिकोप्टर गए पनि उद्धार गर्न नसकेर फर्किएको थियो । दिउँसो हेलिकोप्टर फर्किने भनेपनि अहिलेसम्म पुुगेको छैन । समयमै हेलिकोप्टर पुुग्न सकेमा र लङ लाइन रेक्स्यू हुन सकेमा भोली सम्ममा उद्धारको काम सकिन सक्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ