arrow

२५ वर्षपछि खड्गजात्रा सुरु 

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
khadga.JPG

ललितपुर । ऐतिहासिक लिच्छवीकालिन थसिमलः पायो (खड्गजात्रा) २५ वर्षपछि यस वर्ष  सञ्चालनमा आएको छ ।आइतवार विधिवत पूजा पश्चात अस्थायी रुपमा प्रतिष्ठापन कार्य सम्पन्न भएबाट थसिमलः पायो (खड्गजात्रा) २५ वर्षपछि यस वर्ष  सञ्चालनमा आएको हो ।

ललितपुरको वडा नम्बर ५ मा अबस्थित महालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष निकालिने खडगजात्रा बिगत २५ वर्षदेखि राकिएकोमा यसपाली सञ्चालनमा आउने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।चटयाङ्गका विभिन्न प्रकारमध्ये एक थसि मल अर्थात चटयाङ्ग परेको स्थान भएकाले थसिमल हुदै थसिखेल नाम रहन

गएको यो स्थानमा मंगलबजारको हौगल टोल र खपिन्छे टोलका महर्जन समुदायले पायो अर्थात खड्ग बोक्ने परम्परा छ ।
घटस्थापनादेखि विधिवत रुपमा सुरु भएपनि सप्तमी फुलपातीका दिन भने खड्ग जात्राका विभिन्न प्रक्रिया सुरु हुन्छ ।पाटन दरबार स्क्वायरमा रहेको तुलजा भवानीको शक्तिका रुपमा लिइने खड्गलाई पुजा गरी महालक्ष्मी स्थान पुरयाइन्छ ।

अष्टमीका दिन मध्यरातमा पुजा गरी खड्गलाई नवमीका दिन महालक्ष्मी स्थान पुरयाइन्छ । अष्टमीका दिन पाटन दरबारबाट रांगा , खडग सहित पायो बोक्नेलाई विभिन्न बाजागाजाका साथमा महालक्ष्मी मन्दिरमा पुरयाइन्छ  । विशेष गरी निक्खर कालो रांगाको बलि दिएर त्यसको टाउको र खड्ग बोकेर नगर परिक्रमा गर्ने परम्परा छ । नवमीका दिन महालक्ष्मी मन्दिरमा बली दिएको रागोको टाउको र खड्ग बोकेर त्यहादेखि बिभिन्न स्थानहुदै दरबार क्षेत्र सम्म नगर परिक्रमा गरिन्छ । 

पायो  जाने  महर्जन समुदायका तीन जनालाई दरबार क्षेत्रमा रहेको मु छे आग छे बाट लगनखेल को महालक्ष्मी मन्दिरमा परिक्रमा गरी फेरी दरबार क्षेत्र मै फर्काउने परम्परा छ ।  यस खड्ग जात्राका लागि नेवार समुदायका  बिभिन्न जातजाति गरी ८, १० टोली यसमा सहभागि हुने भएका छन । 

यो खडग जात्राका लागि करीब ४० लाख बजेटको आबश्यकता रहेको यसमा सहभागि समुदायमध्ये ज्यापु समाजका बरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले बताए । स्थानिय गुठीयार,  ललितपुर उद्योग बाणिज्य संघको संयोजनमा गठित यल साँस्कृतिक पर्व संरक्षण समिति लगायतका सरोकारवालाहरुको निरन्तर प्रयासले पाटन दरबार केन्द्रित परम्परागत जात्रा पुनसंचालनमा आएको हो ।

महानगरपालिका, गुठी संस्थान र  ललितपुर उद्योग वाणिज्य संघले आबश्यक १० लाख आर्थिक सहयोग गर्ने भएपछि विगत २५ वर्षदेखि रोकिएको खड्गजात्रा सञ्चालनमा आउन लागेका गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । 

लिच्छवीकालिन मूः छे“ आगः गुठीको माजु द्यः मल्लकालिन तलेजु भवानी स्थित मूलचोकमा भित्राएपछि दरबार क्षेत्रमा दशैपर्वमा अष्टमातृका नाचको गमन जाने, थसिमलः पायो (खड्ग जात्रा) र  ठेचोको नवदुर्गा भवानी देवी नाच सुरु हुनेछ ।
लिच्छवीकालिन मूः छे आगः गुठीको माजु द्यः पूजा पर्व, मल्लकालिन तलेजु देवी पूजा पर्व र शाहकालीन फुलपाटी भित्राउने पर्वहरु विधिवत रुपमा अन्तरसम्बन्धित देखिन्छन ।भूकम्पले क्षतिग्रस्त लिच्छवीकालिन मूः छे“ आगः गुठीको पुननिर्माण सहित पाटन दरबार केन्द्रित जात्रापर्व सञ्चालन गर्न आगामी वर्ष्भित्र गुठी संस्थान र महानगरपालिकाबाट समयानुकूल यथेष्ट दरबन्दीको नीतिगत व्यवस्थाको अपेक्षा पनि सरोकारवालाहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ