बारा । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ओली नेतृत्वको सरकार संविधान विपरीत कार्य गर्न उद्दत रहेको बताएका छन् ।
नेपाली कांग्रेस बाराले वीपी स्मृति भवन कलैयामा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा पुर्व महामन्त्री सिटौलाले दुई तिहाईको दम्भमा संघिय लोकतान्त्रिक गणतान्त्रिक समाजवादलाई बिर्सेर संविधानको मुल्य मान्यताालाई बिर्सेर संविधान विपरीत कार्य गरेको आरोप लगाए ।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरेकोलाई कारवाही नगरी प्रमाण नष्ट गरी निकमा सरकार भएको आरोप समेत लगाए । मुलुकमा विकास, जनताको हितको काम छोडेर, बलात्कार, हत्या, हिंसा, महँगी, कर बृद्धि ओली सरकारले गरेको महामन्त्री सिटौलाले भने जनताको हितमा काम नगरी जनतालाई कमजोर पारी सरकार बलियो बनाउने मात्र काम गरेको छ ।
स्वतन्त्र निष्पक्ष अदालत तथा प्रहरी प्रशासनका साथै प्रेस र पत्रकार माथि अंकुश लगाई उनीहरुलाई तर्साएर अधियाकवाद लादन खोजेको बताए ।
कुनै पनि पार्टीको बहुमत पूर्ण भएपनि सभामुख तथा उपसभामुख राख्न नपाईने संविधानको बिपरितमा कम्युनिष्ट सरकारले दुबै आफ्नै पार्टीका ब्यक्ति राखेको बताए । सिटौलाले कांग्रेसले प्रतिपक्षमा रहेपनि प्रतिपक्षिको भुमिका निर्वाह गर्न नसकेको बताए ।
जिल्ला सभापति जयचन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एव्म प्रतिनिधि सभासदस्य उमाकान्त चौधरी, पूर्व साँसद रामअयोध्या यादव, महासमिति सदस्य रामानन्द यादव, कलैया उपमहागरपालिकाका प्रमुख राजेशराय यादव, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह लागायतको सहभागिता रहेको थियो ।