- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ८ महिना संविधान कार्यन्वयनमा खर्चेको र अब भ्रष्टाचार नियन्त्रण गर्ने बताइएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ८ महिना संविधान कार्यान्वयनमा गज्रिएको बताएका हुन् । उनले अगाडि भनेका छन्, ‘अब भ्रष्टाचारको नियन्त्रण गदै सुशासनको प्रत्याभूति हुने किसिमले काम हुन्छ ।’ तर, कहिलेसम्म भ्रष्टाचार नियन्त्रण हुन्छ र कहिले सुशासनको प्रत्याभूत हुन्छ भन्नेबारे भने उनले केही भनेनन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले परकारहरुलाई पनि डाम्न भ्याए । उनले पछिल्लो समय समाचारको विश्वसनियता माथिप्रश्न उठिरहेको भन्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण नभई मर्यादित बनाउनका लागि नयाँ कानून ल्याइएको बताए ।
मन्त्री ज्ञवालीले अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको पनि सुनाए । ५ नम्बर प्रदेश पत्रकार समाजको शुभकामना तथा भेटघाट कार्यक्रममा उनले भर्खरै अमेरिकामा सम्पन्न भएको राष्ट्र सङ्घको ७३औँ महासभामा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे चासो राख्दा नेपालको सम्बन्ध बढेको सुनाए ।
उनले भने, ‘राष्ट्र सङ्घको महासभामा पनि सहभागी विदेशी राष्ट्र प्रमुख र कुटनीतिज्ञले आफै हामीसँग समय मागेर भेटघाट गर्नुभयो । जसले गर्दा नेपालको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा बढिरहेको छ ।’
मन्त्री ज्ञवालीले चीन र भारतसँगको सम्बन्धलाई सरकारले थप राम्रो बनाएको भन्दै मित्रराष्ट्रसँग वर्षौदेखिको थाँती रहेका मुद्दा पनि सल्टाउन थालेको जानकारी दिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग उत्तर–दक्षिण रेलमार्ग र भारतसँग कृषि, जल क्षेत्रमा सहकार्य गरेर मुलुकलाई विकाससँग जोड्न थालेको बताए । उनले सन् २०३० सम्म मुलुकको आर्थिक विकासमा समृद्धि ल्याई मध्यआय भएको देश बनाउन सरकार दृढरहेको सुनाए ।