काठमाडौं । नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको स्वास्थ्य अवस्था निकै जटिल भएकाे छ। बास्तोलाकाे अवस्था अत्यन्तै नाजुक बनेपछि अाफन्त तथा सुभेच्छुकहरु बास्ताेलाकाे खुमलटारस्थित निवास पुगेका छन् ।
यहिबीच नेता बास्ताेलाकाे निधनकाे खबर फैलियाे । तर, उनकाे निवास पुग्ने सबैले यस्ताे अवस्थामा सबैले हाेस् पुर्याउनु पर्ने भन्दै सूचना सम्प्रेषणमा संवेदनशील हुन अाग्रह गरेका छन् । पार्टीकै केन्द्रीयस्तरका नेता तथा अाफन्तबाट निधनकाे अपुष्ट खबर बाहिर फैलिएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संयमित हुन भनेका छन् ।
बास्ताेलालाई बाँसवारी स्थित न्यूराे अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेकाे भनि घर फर्काएकाे खबर पनि छ ।
मस्तिष्कघातका कारण नेता बास्तोला ६ वर्षयता अर्धचेत अवस्थाबाट गुज्रिए । बास्ताेलालाई २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा अायाेजित बुन्धु भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेपछि मस्तिष्कघात भएको थियो।
बास्ताेला पूर्व परराष्ट्रमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत हुन्, भने विराटनगरबाट आरएनएसीको विमान अपहरणमा वास्तोला पनि संलग्न रहेकाे बताइन्छ ।
जननायक बीपी कोइराला स्मृति ट्रष्टले याे वर्षको सेनानी सम्मान बास्तोलालाई दिएकाे छ । बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत सेनानी सम्मान दिइएकाे हाे ।