काठमाडौं । नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको दश दान गरिएको छ। बास्तोलाको अवस्था निकै जटिल बनेपछि हिन्दू परम्परा अनुसार जिउदो अवस्थामा गरिने कार्य दश दान गरिएको हो ।
बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका हुन् । बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो ।
उनलाई अस्पतालले दिएको लाइफ सपोर्ट झिकिएको छ। उनको मुटुको धड्कन न्यून छ। स्वास थोरै मात्रामा आइ रहेको छ भने अत्यन्त धेरै ज्वरो आइरहेको छ। उनको अवस्था कुनै पनि समय भन्न नसकिने अवस्थामा पुगेको परिवारिक श्रोतले बताएको छ।
उनको स्वस्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशाांक कोइराला, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक वास्तोला निवास खुमलटार पुगेका छन् ।