arrow

व्यवसायीक पत्रकारिताका धरोहर ज्ञवाली रहेनन् 

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
hemraj-gyawali.jpg

काठमाडौं । नेपालका व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा निधन भएको छ । माइल्ड हर्टअट्याक भएपछि ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। 

व्यवसायीक पत्रकारिताका खम्बा पूर्व प्रशासक ज्ञवालीले कान्तिपुर प्रकाशन गरेका थिए । त्यसपछि उनी छुट्टिएर नेपाल रिपब्लिक मिडिया खोल्न पुगेका थिए । उनी रिपििब्लक मिडियाका संस्थापक अध्यक्ष हुन् ।

ज्ञवाली नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येताका रुपमा पनि चिनिन्छन् ।  

ज्ञवाली १९९५ सालमा गुल्मीमा जन्मेका थिए । उनका श्रीमती र तीन छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ