arrow

चक्र बास्तोलाको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम यस्तो बन्यो, साँझ दाहसंस्कार 

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
chakra-bastola.jpg

काठमाडौं । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिक शरीर उनकै निवास खुमलटारमा राखिएको छ । शनिबार राति १०ः२० बजे डा हरि राईले उनको निधन भएको पुष्टि गरेका थिए । 

अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको खुमलटारमा भीड लागेको छ । बास्तोलाका स्वकीय सचिवसमेत रहेका राधाकृष्ण काफ्लेका अनुसार दिउँसो १ बजेसम्म बास्तोलाको पार्थिव शरीर खुमलटारमै राखिने छ । 

त्यसपछि दिउँसो १ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

बास्तोलाकी इंगल्याण्डको लण्डनमा रहेकी छोरी ४ बजेपछि आउने भएपछि त्यसपछिमात्र पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

स्वकिय सचिव काफ्लेले भने, ‘सकेसम्म पार्टी कार्यालय नभए पशुपतिमै सीधै जानेगरी लण्डनबाट आउने तयारी भएको छ, त्यसैअनुसार आर्यघाटमा दाहसंसकार हुनेछ ।’

कसरी भयो निधन र कस्तो छ काँग्रेसका किङमेकर बास्तोलाको व्यक्तित्व यो समाचार पढौं –

कांग्रेस नेता बास्तोला रहेनन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ