चोरी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिने इनिस्पेक्टर पक्राउ
प्रकाशित २०७५ असोज २८ आइतबार
599
Shares
सुर्खेत । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित अर्का प्रहरी जवान तिलक लामिछानेलाई रङ्गेहात पक्राउ गरेको हो ।
श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृतमा अनुसन्धान भइरहेको बताए ।