arrow

६४ वर्षमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७५ असोज २८ आइतबार
kirte-citizenship.jpeg

दमौली ।  हालसम्म पनि नागरिकता नबनाएकि तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाएकी छिन् ।

तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाएकी हुन् । “यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुशी लागेको छ,” थापाले भनिन् , “बल्ल नेपाली भएकोजस्तो अनुभूति भएको छ ।”

उनलाई उक्त कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । जनतालाई घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले उक्त कार्यालयले असोज २६ र २७ गते घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरमा ११९ महिला र ७१ पुरुष गरी १९० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिए । घुम्ती शिविरमार्फत आदिवासी जनजाति प्रमाणीकरण र परामर्शलगायत मतदाता नामावली सङ्कलनका कामसमेत सम्पन्न भएको उनले बताए।

शिविरका अवसरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा ११९ महिला र ९० पुरुष गरी २०९ जनाले नाम दर्ता गराएका थिए । शिविरकै अवसरमा घिरिङ गाउँपालिका–३ को सुन्धारामा सात वटा खाद्य पसलको समेत अनुगमन गरिएको सहायक प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए।

जनतालाई घरदैलोमा नजीकबाट सेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यालयले स्थानीय तहसँग समन्वय गरी हरेक महीना घुम्ती शिविर सञ्चालन गर्दै आइरहेको छ । यसअघि शुक्लागण्डकी नगरपालिकामा र देवघाट गाउँपालिकामा घुम्ती शिविर सम्पन्न भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ