arrow

स्याङ्जामा ट्राफिक प्रहरीको सडक अनुगमन र मनपरी भाडामा छड्के

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असोज २९ सोमबार

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले चार्डवाडका बेला हुन सक्ने दुर्घट्ना र मनपरी भाडा असुलीमा अनुगमनलाई तिब्र बनाएको छ । 

चार्डवाडका बेला यातायात व्यवसायीले असुरक्षीत यात्रा गराउने देखि लिएर मनपरी भाडा असुल्ने भएकाले आफ्ना मातहतका प्रहरी र ट्राफिक प्रहरीलाई अनुगमनमा खटाएर तिब्रता पारेको हो । ग्रामिण सडक देखि सिद्धार्थ राजमार्गमा प्रहरीले चेकजाँच गरेको छ । 

सिद्धार्थ राजमार्ग प्रयोग गरि दैनिक हजारौ सवारी साधन गुड्ने मात्र होईन दशै मनाउन गाँउघर जाने यात्रुलाई सुरक्षित यात्रा गराउने दायित्व भएकाले प्रहरीले आफ्नो संलग्नता बढाएको जनाएको छ । 

चार्डवाडलाई मध्यनजर गरेर हुन सक्ने लागुऔषध ओसारपसार देखि विभिन्न विष्पोटक पदार्थको समेत ओसारपसार हुने भएकाले प्रहरीले बढी सडकलाई ध्यान दिने गरेको पाईन्छ । दशै मनाउन गाँउघर भन्दा बाहिर बसेका यात्रुहरु गाँउघर फर्कने बेला भएकाले पनि बढी चार्डवाडमा प्रहरीले आफ्नो सर्तकता र संलग्नता बढाउने गर्दछ । 

अहिले सम्म यातायात व्यवसायीले मनपरी भाडा असुलेको खवर यात्रुबाट नआएपनि यात्रुहरु सगँ सोधपुछ देखि कुनै समाजमा हुन सक्ने अपराधीक गलत सामाग्री पनि ओसार पसार भएको छ वा छैन भनेर सवारी साधन चेकजाँच पनि गरेको छ । 

गलत क्रियाकलाप गरेर सवारी साधन गुडाउनेलाई राजस्व दिएर छुट मात्रै दिएर छाडेका छैनौ भन्दै ट्राफिक प्रहरी वालिङका प्रमुख तेजबहादुर राउतले यात्रुको सफल यात्रको लागि सम्झाई बुझाई गरेर छाडेको बताए । ट्राफिकको आग्रह र नियम विपरीत सवारी चलाउने यातायात व्यवसायीलाई ट्राफिकले धमाधम कारवाहि गरेको राउतले बताए ।   

स्याङ्जामा ट्राफिक प्रहरीको सक्रियता सगै सचेतना अभियानले दुर्घट्नामा कमि हुदै आएको छ । चार्डवाडका बेला कमै सावरी साधन चल्ने र क्षमता भन्दा बढी यात्रु चढाउने भएकाले दुर्घट्ना हुन नदिन थप सवारी साधनको व्यवस्था गर्न यातायात व्यावसायीलाई समेत आग्रह गरेका छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ