arrow

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै मिथिला झुमे झिझियामा 

‘तोहरे भरोसे बरहमबाबा झिझिया बनैली हो ...’

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज २९ सोमबार
Janakpur_Jhijiya.jpg

जनकपुरधाम ।  विजया दशमी शुरु भए लगतै मिथिलाका सम्पूर्ण महिलाहरु  झिझियामा झुमेका छन्   । यतीखेर जनकपुरधाम सहित लगायत तराईमधेसका  गाउँगाउँमा साँझ हुन साथ झिझियाका लोकगीत गुञ्जिन  थाल्छन् ।

‘तोहरे भरोसे बरहमबाबा झिझिया बनैली हो ...’ निरन्तर बज्ने गीतमा महिलाहरु समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छिन् । राति खाना खाएर महिलाहरु ग्रामीण देवता ब्रह्मबाबाको मन्दिरमा जम्मा भई झिझिया नृत्य गर्ने गर्छिन । दशैँसम्म नाच्ने झिझिया नृत्यले भूत-प्रेत भाग्ने जनविश्वास रहेको बिग्यहरुले बताउछन  ।

नृत्यमा सहभागीमध्ये दुइ  जनाले टाउकोमा एउटा घैंटो राखेको हुन्छ जसमा साना साना प्वाल पारिएको हुन्छ । घैंटो भित्र गोबर राखी दियो बालिएको हुन्छ ।

नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जन विश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहन्छन् ।

जनकपुरका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, भ्रमरपुरा चोक, रामानन्द चोक, रजौल, बंशी चोक र मुरली चोकमा झिझिया नाच्न महिलाहरु जुटेकी हुन्छन् । वर्षौँदेखि चल्दैआएको धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि महिलाहरु संलग्न भइरहेको जनकपुर–४ की चंचला सिंह बताउँछिन् ।

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रिभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ। मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ।

उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा रही सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ