रोल्पा। आफन्तबाट बलात्कृत यहाँकी एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थ अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले सहयोग सङ्कलन गरी उनको परिवारलाई हस्तान्तरण गरेका छन्।
रोल्पाली युवाको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सङ्कलन गरेर यहाँ पठाएको रु २२ हजार समाजका प्रमुख सल्लाहकार काशीराम डाँगी नेतृत्वको टोलीले हस्तान्तरण गरेको हो।