arrow

सिन्धुपाल्चोक मार्मिङमा कांग्रेसको सहयोग

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
cong-new.JPG

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक भोटेकोशी गाउ“पालिका–५ मार्मिङ इकाई समितिले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहभागि भएको  कार्यक्रममा मार्मिङ इकाइ समितिका सभापति पासाङ नोर्बु लामाले चुनावको बेलामा जनतासामू गरेका प्रतिबद्धतालाई पुरा गरेका छन् । 

कार्यक्रममा उनले एक इन्चको २६ सय मिटर पाइप, ६ सय वटा कुर्सी स्थानीयलाई हस्तान्तरण गरेका हुन् । यसैगरी, मृगौला पिडित २१ वर्षिया बुद्धिमाया तामाङ र ३२ वर्षिया फुडोल्मा तामाङलाई जनही ५० हजार रुपैया“ सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले अहिलेको सरकार तानाशाह बन्न खोजेको आरोप लगाएका थिए । उनले भने बलात्कारी लाई संरक्षण गर्न सरकार आफैं लागेको छ, मूल्यवृद्धि अहिले सम्मकै उच्च भएको छ । सीमा क्षेत्रमा नेपाली भूमी दिनहु“ हराएर गएका छन् । ठूला आयोजनाहरु धमाधम अरुलाई बेचिरहेको छ भन्दै सरकारमाथि आरोप लगाएका थिए । साथै, मार्मिकको विकासका लागि आफू सधैं तयार रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ