चाडपर्वको बेला गाउँमा बत्ति बलेपछि पाँचथरका स्थानीय हर्षित
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असोज ३० मंगलबार
588
Shares
पाँचथर। पाँचथर हिलिहाङ ६ भारपाका ९२ वर्षिय वृद्ध होम प्रसाद यवा लाई गाउँमा बिजुली बल्छ भन्ने पत्यारै थिएन्,तर आफ्नै घरमा बत्ति बलेपछि भने उनी खुशीले गदगद भए। उनले भने, “आफने पालामा बत्ति आउँछ भन्ने त सोचेकै थिएन्,उहिल्यै हाम्रो पालामा बनमा पाइने सल्लाको रुख चिरेर पाइने दियालो बालिन्थ्यो,पछि मात्रै टुकि बत्ति बाल्ने चलन आयो,बत्ति बलेको त ठुला ठुला शहरमा मात्रै देखेको थिएँ,तर शहर बजारमा बलेको बत्ति अहिले आफ्नै घर,गाउँमा बल्यो,अत्यन्तै हर्षित छु ।”
चाडपर्वको अवसर पारेर केन्द्रिय प्रशारण लाइनको बत्ति सोमबार बेलुका जोडेपछि गाउँमा खुशियाली छाएको छ । यवा मात्रै होइन् सोही ठाउँका ८९ बर्षिय भिमनाथ रिजाल पनि गाउँमा बत्ति आएपछि हर्ष बिभोर छन,उनी भन्छन,“छोरा नातीको बेला मात्रै गाउँघरमा बत्ति बल्छ भन्ने लागेको थियो,तर आफ्नै पालामा बत्ति बल्यो, अन्यन्तै हर्षित भएका छौ ।”
यस्तै अर्को स्थानिय ७० वर्षिय तिवेन्द्र ठटाल गाउँमा बत्ति बलेकोले खुशी भएको बताउँछन,उनी भन्छन,“अव गाउँघरमै बत्ति बलेकोले देश विदेशमा घटेका घटनाहरु अव घरमै बसी बसी टिभी बाट हेर्न पाईने भयो,अव गाउँमै बिजुली बाट चल्ने मिल राख्न सकिने भयो,हामीलाई धेरै सुविधा हुने भयो ।” सोमबार बाट केन्द्रिय प्रशारण लाइन जोडिएपछि हिलिहाङ ६ र ७ नम्बर वडा साविक भारपा गाविसका ६ सय घरधुरी उज्यालो बस्न पाएका छन् ।
हेवा ग्रामिण विधुत सहकारी संस्थाको पहलमा रेनु कन्स्ट्रकसनले काम सम्पन्न गरेको सहकारी संस्थाका सचिव राजेन्द्र काफ्लेले बताए। उनी अनुसार रेनु कन्स्ट्रक्सन सुनसरीले सम्झौता अवधिको २ बर्षभित्र काम सक्ने गरी सम्झौता गरेपनि विभिन्न अवरोध,वन्द हड्तालका कारण एक वर्ष ढिला काम सकेको हो ।
नेपाल सरकारको विधुत वितरण शाखाको ४ करोड १५ लाख ६ सय ५१ रुपैया र स्थानियको १० प्रतिशत लगानीमा आयोजनाको काम सकिएको हो । रेनु कन्स्ट्रकसनले भने ४ करोड ४२ लाख रुपैयामा ठेक्का पारेको हो । अहिले पाँचथरका एकतिन,याङनाम,यासोक,सराङडाँडा लगायतका साविकका गाविसमा विधुतीकरणको प्रक्रियामा रहेको छ ।