arrow

अन्तराष्ट्रिय यातायात मजदुर महासंघको उपाध्यक्षमा अजय कुमार राई निर्वाचित

महासंघको १२२ बर्षे इतिहासमा नेपाल पहिलो पटक कार्यसमितिमा

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
ajaya-rai.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राई अन्तराष्ट्रिय यातायात मजदुर महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन्। सिंगापुरमा सम्पन्न महासंघको महाधिवेशनले राईलाई सडक यातायात मजदुरहरुको क्षेत्र हेर्ने समितिको उपाध्यक्षमा निर्वाचित गरेको हो। 

अन्तराष्ट्रिय यातायात मजदुर महासंघमा सडक यातायातमा काम गर्ने मजदुरका अतिरिक्त हवाई र जल क्षेत्रमा काम गर्ने यातायात मजदुर समेत संलग्न रहँदै छन्। महासंघमा यि तीनै क्षेत्र हेर्ने गरि नेतृत्व निर्वाचित भएका छन्। 

सडक यातायात क्षेत्रका मजदुर हेर्ने उपाध्यक्षको जिम्मेवारी सहित राईले महासंघकै कार्यसमिति सदस्यमा समेत निर्वाचित भएका छन्। उनको कार्यकाल ५ बर्षे रहेको छ। 

१२२ बर्षे इतिहासमा महासंघको कार्यसमितिमा नेपालको यो पहिलो प्रवेश हो। सडक यातायातका क्षेत्रमा काम गर्ने मजदुरको पक्षमा काम गर्नेगरि अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रवेशले नेपालको मजदुरका मुद्धालाई अन्तराष्ट्रियकरण गर्दै विश्वव्यापी पहुँचबाट नेपालका मजदुरलाई फाइदा पुर्‍याउने काम गर्ने राईले बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ