arrow

जुवा खेल्दै गरेका चौध जुवाडे पक्राउ

logo
रासस,
प्रकाशित २०७५ असोज ३० मंगलबार
juwa-ko-khal.jpg.jpeg

जुम्ला। बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायत क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ। सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ