arrow

कांग्रेस महामन्त्री कोइरालाद्धारा चाडपर्वको शुभकामना

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
sashank-koirala.jpg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले चाडपर्वको समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

उनले सामाजिक संजालमा लेखेका छन् –‘विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदिबहिनी तथा शुभचिन्तकहरुमा सु–स्वास्थ, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !’

कोइरालाले पूजास्थलमा रहेर हसिलो मुद्रामा तस्वीर पोष्ट गर्दै सबै नेपालीलाई खुशी हुनसमेत आव्हान गरेको सन्देश दिएका छन् । 

काँग्रेसमा पक्षविपक्ष हुनुहुँदैन भन्दै स्पष्ट वक्ताका रुपमा आएका कोइरालालाई आगामी सभापतिको रुपमा हेरिएको छ । पार्टीभित्र विभिन्न गुटउपगुट भए पनि डा कोइरालाले आफू काँग्रेसलाई एकढिक्का बनाउन जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै आएका छन् । 

उनले सम्पूर्ण काँग्रेसी कार्यकर्तालाई एक भएर लाग्नसमेत आव्हान गर्दै आएका छन् । 

नेपाली काँग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । 

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ