arrow

बर्दिवास नगरपालिकाले ७० वर्षीय तामाङ्गको परिवारलाई दशैं मनाउन आर्थिक सहयोग

logo
रासस,
प्रकाशित २०७५ असोज ३१ बुधबार
new-money.jpg

महोत्तरी। बर्दिवास नगरपालिकाको कार्यालयले कुष्टरोग पीडित ७० वर्षीय बृद्ध मरिचमान तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

मंगलवार साँझ बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले बर्दिवास ११ स्थित अतिगरिव तामाङ्गको घरमा गई दशैं मनाउनको लागि नगरपालिका कार्यालयले ३० किलो चामल, तीन लिटर खानेतेल, तीन किलो नुन, मरमसाला, एक÷एकजोर कपडा र रू. पाँच हजारसहित सहयोग गरेका हुन्।

उनीहरु बस्ने घरपनि अति नै जीर्ण अवस्थामा रहेकोले घर बनाइदिने सोचमा रहेको वडाअध्यक्ष धनवहादुर ठोकरले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ