arrow

पहुच विहिनका लागी विशेषज्ञ निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर  

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
health-camp1.jpg

धनकुटा। गरिव असाहयभै शल्यक्रिया गर्न नसकी रोगको पिडा सहेर वसीरहनु भएका पहुच विहिन रोगीहरुको शल्यक्रिया गर्नका लागी वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा संचालन गर्न विभिन्न समितिहरु आज गठन गरेको छ।

अमेरिकन विशेषज्ञ डाक्टरहरुद्धारा गरिने गरिव असाय तथा पहुच नभएर स्वास्थ्य उपचार गर्न नसकेर रोगको पीडामा बाच्न बाध्य भएकाहरुका   हरुका लागी कार्तिक ५ गते देखी कार्तिक १७ गते सम्म शल्यक्रिया संचालन गर्नका लागी  मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षता वसेको बैठकले विभिन्न समितिहरु गठन गरी परिचालन भएको हो।

पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, नरेन्द्र पोखरेलको संयोजकत्वमा रक्त संचार तथा एमबुन्स समिति,दोण गुरागाइको संयोजकत्वमा आर्थिक समिति, उपेन्द्र खनालको संयोजकत्वमा सरसफाई, सहायक प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाको संयोजकत्वमा सुरक्षा तथा यातायत, पुरेन्द्रलाल श्रेष्ठ संजोकत्वमा आवास तथा भोजन, डा.अभिताप ठाकुरको संजोकत्वमा आन्तरीक शल्यक्रिया तथा आन्तरीक व्यवस्थापन, सुनिल कुमार डंगोलको संयोजकत्वमा समन्वय समिति, रेणु श्रेष्ठको संयोजकत्वमा स्वागत तथा सत्कार समिति र सो समितिका सदस्यहरु सावित्रा राई, सरोज आठपहरिया, मिलन खड्गी, निर्मला वहिन रहेका छन‍्।

यसैगरी डा. अमित शाहको संयोजकत्वमा फार्मेसी व्यवस्थापन र विजय सन्तोषी राईको संयोजकत्वमा स्वसेवक,सचिवालय व्यवस्थापन समिति गठन गरेको छ। यसैगरी उक्त शिविरलाई व्यस्थित बनाउनका लागी यस अघिनै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकटा अस्पताल विकास समितिका अध्यक्ष टंक वहादुर चुवानको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

यस्तैगरी धनकुटा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्र कुमार राई संयोजक र सदस्यहरु प्रदेश सभा सदस्यहरु सांसद निरन राई,सांसद इन्द्रमणी पराजुली,सांसद लिला सुब्बा,सांसद आर सी तुम्वा,सांसद बिना राई र सांसद कुसुम कुमारी श्रेष्ठ रहेका छन्।

अमेरीकी तथा नेपालका विषेशज्ञ वरिष्ट डाक्टहरुले उक्त निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पितको पत्थरी,पायल्स,हर्निया,हाईडोशिल,पाठेगरको शल्यक्रिा, गाठा, गुठी, छाला टासिएको कोठीको शल्यक्रिया,दातको उचपार तथा क्रितिम हाल लगाईदिने लगायतका शल्यक्रिया सम्वन्धि सेवाहरु गरिव असाहय विरामीहरुलाई उपलब्ध हुने संयाजक रोशेष श्रेष्ठले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ