arrow

चाडबाड आयो कि ठगिन्छन् यात्रु 

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
jamara.jpg

बैतडी । दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् । भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले व्यक्त गरेका छन् ।

झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्यसमानको पनि सय रुपैया लिने गरेको गुनासो उनीहरुको छ । 

यसैगरी अत्तरियादेखि बैतडीको भाडा रु ६०० रहेको छ तर आफूले रु एक हजार ५० तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४ बुदखोलाका वीरेन्द्र तिरुवाले बताए ।

दशैंको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । 

भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।

त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ