arrow

दशैँ मनाउन हिँडेको परिवारलाई दशा, रोकेर राखेकै बेला ट्यांकर ठोक्कियो, २ को मृत्यु  

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
accident-final.jpeg

चितवन । पृथ्वी राजमार्गमा पर्ने चितवनको कुरिनटारमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जना अवस्था चिन्ताजनक छ । 

दुर्घटनामा परी ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरेको मृत्यु भएको हो । दुर्घटनामा परी ७ जना घाइते भएका बताइए पनि उनीहरुको परिचय खुलेको छैन । 

चितवन प्रहरीका अनुसार घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो । 

भ्यानमा ठोक्एिको ट्यांकर सडकबाट तल खसेपछि चालकको मृत्यु भएको हो । भ्यानमा भने दशैं मनाउन हिँडेका परिवार रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ