arrow

प्रधानमन्त्री ओलीको यस्तो छ दशैं समय तालिका

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमी काठमाडौंमै मनाउँदैछन् । तर उनी गृहजिल्ला झापा पनि पुग्नेछन् । 

के के छ त उनको कार्यतालिका ? 
कात्तिक १ गते बिहीबार महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता) 
–चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम ।
–प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ।
२०७५ कात्तिक २ गते, शुक्रवार, विजया दशमी
–बिहान ९ः४५–१० पिताजी श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण
–बिहान १०ः बजेपछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण
–बिउँसो १ बजे प्रधानमन्त्रीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण
–दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीबाट टिका प्रदान
–दिउँसो ३ः३० देखि ५ः३० बजे – पार्टी कार्यकर्तातथा सर्बसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण 
–साँझ ६ बजेदेखि परिवारका सदस्यहरुलाई टिका प्रदान 
एकादशी कात्तिक  ३ गतेदेखि चतुर्दशीकार्तिक ६ गतेसम्म 
विहान ९ देखि ११ बजेसम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टिका प्रदान गर्ने समय तालिका ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ