arrow

‘प्रधानमन्त्री ओली राजा बन्न खोजे’, चतुर्दशीसम्मै सर्वसाधारणलाई टीका

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । घोषीत रुपमा विजया दशमीको टीका लगाइदिने तालिका सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ  । ओली गणतन्त्र नेपालको प्रधानमन्त्री हो, वा राजा महाराजा भन्दै आलोचना भएको छ । 

प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने ताकिला सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु गरिएका छन् ।  

पहिले–पहिले नजिकका मान्छेहरु र केही सर्वसाधारण राजाकहाँ टीका थाप्ने चलन थियो । व्यवस्था फेरिएपछि राष्ट्रपतिले सरकारका प्रतिनिधि र सर्वसाधारणलाई टीका लगाइदिने चलन बस्यो । 

यो पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिने घोषणा गरे । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विजयादशमीका दिन विहान शुभसाइत ९ बजेर ५१ मिनेटमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्ने छन् । 

दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम छ । राष्ट्रपतिको निवासबाट फर्किएपछि दिउँसो २ बजेदेखि  ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ देखि बेलुकी साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाउने छन् । 
 
ओली गोजाग्रतपूर्णिको अघिल्लो दिन अथवा चतुर्दशीसम्मै व्यस्त हुनेछन् । असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म ओलीले कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ