arrow

बृद्धभत्ता बढाएर भएपनि सरकार टिकाउने प्रधानमन्त्री ओलीको जुक्ती

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
KP-oli-talking-new.jpg.jpeg

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने आश्वासन दिएका छन्। बृद्धभत्ता बढाउने आश्वासनसँगै सरकारमा पुगेपनि बृद्धबृद्धाहरुलाई निराश बनाएपछि आलोचित भएका ओलीले आफ्नै गृहजिल्ला पुगेपछि याे आश्वासन दिएका हुन्। 

बडादसैं, तिहार, छठ, नेपाल सम्बत ११३९ लगायत चाडपर्बको अवसर पारेर गृहजिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले जनताको विश्वासलाई तलमाथी हुन नदिने समेत प्रस्ट पारे। उनले सरकारमाथि जनतालाई ढाटेको आरोप मेट्ने आफ्नो योजना सुनाए। उनले २०७६/७७बाट बृद्धभत्ता बढाउने आश्वासन दिए। 

प्रधानमन्त्री ओलीले यो सरकारलाई असफल बनाउन केही शक्ति लागिरहेको समेत बताए।  ‘यो सरकार असफल हुनै हुन्न, असफल भयो भने देश असफल हुन्छ, हामी किमार्थ यस्तो हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।  

उनले आफुमाथी जनताले ठुलो विश्वास र अपेक्षा राखेकाले त्यसलाई तलमाथी हुन नदिने बताउदै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन  । प्रधानमन्त्री ओलीले केही वर्षभित्र देखिने र महसुस हुने गरी देशको विकास हुने बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ