पुरुष र नारीका लागि दशैंमा टीका लगाउँदा भिन्न भिन्न आशिर्वचन किन?
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
517
Shares
काठमाडौं। आजभोलि शाारीरिक र मानसिक रूपमा धेरै भिन्न भएका स्त्री र पुरुष बराबर भन्ने कुरा पनि छ। हाम्रो मूलपरम्परामा नारीहरुको विशेष आदर र संरक्षण गर्ने सिद्धान्त भएको कुरा धेरैले बुझ्न नपाएकाले साधारण जनसमुदाय पनि बहकिएको देखियो। स्त्री र पुरुषको क्षमता पनि सामान्यरूपमा भिन्न हुन्छ। अपवादका कुरा छुट्टै हुन्। आमा पिताभन्दा १००० गुना बढी मान्य हुन् भन्ने कुरा मनुस्मृतिमा पनि छ। मनुस्मृतिमा भनिएको छ।
उपाध्यायान् दशाऽऽचार्य
आचार्याणां शतम् पिता।
सहस्रन् तु पितृन्माता
गौरवेणातिरिच्यते।।
मनुस्मृतिको यो बचनले आमाको स्थान पिताभन्दा धेरै माथि उल्लेख गरेको छ। धार्मिक ग्रन्थ र सन्दर्भहरुमा समेत महिला र पुरुषहरुका लागि कतिपय अलग अलग व्यवस्था गरेको छ। यस्तो व्यवस्था दशैंको बेलामा दिइने आशिर्वचनमा समेत प्रयोग भएको पाइन्छ। दसैंमा पुरुषहरुका लागि मात्र आशीर्वाद दिन प्रयोग गरिने 'आयुर्द्रोणसुते।।। ' भन्ने श्लोकमा सबै पुरुषहरुका नाम छन्। कुनै पुरुषजस्तो हुनु भनेर नारीलाइ आशीर्वाद दिन मिल्दैन। त्यस्तो गर्दा नारी कै अपमान हुन्छ। यसकारण महिलाहरुलाई दिइने आशिर्वचनका श्लोकहरु पनि पुरुषको भन्दा फरक छ।
नारीहरुलाइ आशीर्वाद दिनुभन्दा पहिले नारीहरु भित्र रहेको देवीको अंंशको यसरी स्तुति गरिन्छ।