arrow

समस्त मंगलकार्यको शुभ दिन विजया दशमी, किन मनाईन्छ ?

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
durga-ram.jpg

नयाँ दिल्ली। समस्त हिन्दूहरुको विशेष पर्व र नेपाली हिन्दूहरुको महान पर्व विजयादशमी आज नेपाल र भारतमा पनि धुमधामका साथ मनाईँदै छ। शैलीमा केही भिन्नता भए पनि भारतमा पनि विजयादशमी मनाउने गर्दछन्।  

रामले रावणमाथि विजय हाँसिल गरेको तथा नव दुर्गाद्वारा राक्षसहरुमाथि विजय हाँसिल गरेको दिनको रुपमा मनाईँदै आएको सो पर्व आश्विन शुक्ल पक्षको दशमीको दिन मनाउने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार सबैभन्दा शुभ मानिने शुक्ल पक्ष र त्यसमा पनि शारदीय मासमा पर्ने आश्विनको दशमीको दिन जस्ता सुकै मंगलकार्यको लागि पनि शुभ हुने भएकोले जस्तो सुकै काम पनि यो दिनदेखि सुरुवात गर्नको लागि कुनै समय जुराईरहनु पर्दैन भन्ने विश्वास छ। 

यसदिन नै व्यापार तथा व्यवसाय गर्नेहरुले सामान खरीद गर्ने, नयाँ पेशाको सुरुवात गर्ने नयाँ बाहनहरुको खरीद जस्ता कामहरु धेरै गर्नु उपयुक्त मानिन्छ। यो दिन दिनभरी नै शुभ मुहुर्त हुने भएकोले पनि यस दिनभरी नै मंगलकार्यहरु शुभारम्भ गर्न सकिन्छ। 

वर्षा ऋतुको समाप्तिको सूचक पर्वको रुपमा मानिने दशैंकै दिन नै नवरात्र देवी दूर्गाले जमानसको रक्षाको लागि नौ दिनसम्म युद्ध गरेर आसुरी शक्तिलाई परास्त गरी दैवी शक्तिको रक्षा गरेको स्मरणमा पनि विजया दशमी मनाईन्छ। देवी दूर्गाले महिषासुर नामक राक्षसको युद्धको नवौं दिन अर्थात् विजया दशमीको दिन नै विजय हाँसिल गरेकी थिईन्। त्यसैले दूर्गा पूजाको समाप्तिको प्रतीकको रुपमा विजयको प्रसादको रुपमा रातो टीका र जमरा लगाउने चलन रहेको छ। आम धर्तीवासीको रक्षाको लागि देवी दूर्गाले महिषासुर तथा असुरहरुको सेनासँग चामुण्डाको पहाडमा युद्ध गरेर पराजीत गराएकी थिईन्।
 
त्यस्तै, भगवान श्रीरामले रावणमाथि विजय हाँसिल गरेको बताईन्छ। यस दिन घरको ढोकामा फूल मालाद्वारा सजिसजाउ गर्ने गरिएको छ। घरमा राखिएका शस्त्रहरु वाहनहरु आदिको पूजा आजा गर्ने काम पनि यसै दिन पनि गरिन्छ। कतै कतै यो सप्तमी र नवमीको दिन पनि गर्ने गरिएको छ। यसरी सबै साधन र शस्त्रहरुको पूजनपछि कतै कतै रावण दहन गरी विजय स्वरुप निधार भरी रातो टीका र जमरा लगाउने गरिएको छ। 

नेपालमा दूर्गा पूजा भारतमा राम पूजा :
विजया दशमीको महत्व तथा परम्परा दुई वटा रहेकोले हिन्दूहरुले पनि भौगोलिक क्षेत्र अनुसार फरक फरक ढंगले दशैं मनाउने गर्दछन्। विशेषगरी नेपालमा धेरै मानिसहरुले दूर्गा पूजा गरेर दुर्गाको प्रसादको रुपमा टीका लगाउने गर्दछन्। तर, भारतका अधिकांश स्थानहरुमा भने त्यति धुमधामका साथ नमनाईने सो पर्व केवल राम पूजा र राम लीला देखाउनमा मात्रै सीमित हुने गर्दछ। दशमीको दिन रावण दहन गरेपछि विधिवत रुपमा भारतीयहरुले दशहरा मनाउँछन्। तर, नेपालीहरुले ५ दिनसम्म विजयको प्रतीक रातो टीका र जमरा लगाउँदै ठूलावडाको हातबाट टीका र जमरा लगाउने प्रचलन छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ