arrow

नेपालमा जस्तै धुमधाम दशैं विदेशमा पनि

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
Gurukul_news.jpg

नयाँ दिल्ली । नेपालीहरुको महान पर्व विजयादशमी नेपाल तथा नेपाल बाहिर पनि शुक्रबार धुमधामका साथ मनाईएको छ । विशेष गरी नेपालको ग्रामीण इलाकामा बढी रमाईलो हुने दशैं नेपालको शहरी भेग सँगै विदेशमा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाउने गरेका छन् । 

विजया दशमीको दिन विशेष गरी नेपाल र भारत बाहेकका अन्य अधिकांश मुलुकहरुमा विजयादशमीको लागि मात्रै भनेर विदा नदिने भएकोले विजयादशमी पछिको पहिलो आईतबार सबै नेपालीहरु एक ठाउँमा भेला भएर दशै मनाउने तयारी भईरहेको विभिन्न देशमा कामका लागि गएका नेपालीहरुले बताउने गरेका छन् । 

कामको शीलशीलामा युरोपियन मुलुक साईप्रस गएकी नेपाल साईप्रस जनसम्पर्क समितिकी अध्यक्ष समेत रहेकी गजुरी गाउँपालिकाकी सीता अर्याल आईतबार आफूहरुको दशैं रहेको बताउँछिन् । जमरा राखेको र खसीको मासुको समेत व्यवस्था गरिसकेको भन्दै उनले आईतबार साईप्रसको पापस भन्ने ठाउँमा रहेको सीता(ग्रीक भाषामा सीताको टेलिकम भन्ने हुन्छ)मा रहेका सम्पर्कमा भएका लगभग सबै जना कुनै एउटा पार्कमा भेला भएर रातो टीका र जमरा लगाएर दशै मनाउने तयारी आफूहरुको रहेको बताउँछिन् । उनी नेपालमा परिवारसँग टीका लगाउन नपाएपछि विदेशमा रहेका नेपालीहरुबीच एक आपसमा टीका लगाएर धुमधामका साथ दशै मनाउने बताउँछिन् । 

त्यस्तै, जापानमा रहेका सोलुखुम्बुका मनिस कोइरालाले पनि जापानमा पनि धुमधामका साथ दशैं मनाउने तयारी भईरहेको जानकारी दिएका छन् । बिहीबार साँझ हाम्राकुरासँग कुराकानी गर्दै उनले शुक्रबारको लागि धेरै साथीहरुले अफिस विदा नै लिईसकेको भन्दै धुमधामका साथ शुक्रबार दशैं मनाउने बताए । 

त्यसबाहेक पनि डेनमार्क, बेलायत, अमेरिका लगायतमा पनि नेपालीहरुले धुमधामका साथ दशैं मनाउने तयारी भईरहेको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन् । 

त्यस्तै, नयाँ दिल्लीमा पनि धेरै नेपालीहरुले एक आपसमा भेला भएर नेपालीहरुको महानपर्व विजयादशमी धुमधामका साथ मनाएका छन् । नयाँ दिल्लीका मुगल गार्डेन, सेन्ट्रल पार्क, नेहरु पार्क जस्ता पार्कहरुमा नेपालीहरुको ठूलो मात्रामा जमघट भएको छ । अघिकांशले भने आ आफ्नै घरमा चिने जानेकाहरुलाई टीका लगाएर दशैं मनाएका छन् । 

विशेषगरी भारतीयहरुले त्यति धेरै प्रयोग गर्ने रातो टीका र जमरा नलगाउने भएको भएपनि नेपालीहरुले भने रातो टीका र जमरा लगाएर दशैं मनाएका छन् । यसैबीच दिल्ली इब्राहिम पुरमा रहेको श्रीनिवास विद्यापीठमा पनि रातो टीका र जमरा लगाएर धुमधामका साथ दशैं मनाईएको छ । धेरै संख्यामा नेपाली विद्यार्थीहरु रहेको यो गुरुकूलका विद्यार्थीहरुले गुरुकूलका संस्थापक एवं अध्यक्ष स्वामी गोविन्दाचार्यको हातबाट टीका लगाएर दशैं मनाएका छन् । व्याकरण, वेदान्त लगायतका विषयका ज्ञाता स्वामीसाथै विद्यार्थीहरुका साथै दिल्लीमा रहेको धेरै नेपालीहरुले त्यहाँ गएर टीका लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ