arrow

कङ्कालनीमा चढाइयाे छ सय ३२ राँगाको बलि 

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
rango-bali.jpg

राजविराज  । सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । 

हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । 

गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ । 

उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी/बोकाको बलि दिइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ