arrow

बडादशैँको मध्यरातमा गरिने खड्ग जात्रा सम्पन्न

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
bhaktapur1.jpg

भादगाउँ। बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।

बडादशैँको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ।

सेतो घोडेजात्रा सम्पन्न
साँस्कृतिक महोत्सवका रूपमा बडादशैँेको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ। प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ।

जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिउ। जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ। घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ