arrow

दशैंका दिन खुकुरी हानेर युवकको हत्या

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
Killed.jpeg

उर्लाबारी मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा शुक्रबार राति एक युवकको हत्या गरिएको छ । राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ