arrow

दशैंको टीकाको उत्तम साइतमै हराए बालक 

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
kavre_-_distric-map.png

काभ्रेपलान्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । 

सम्राट बिहान ढगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन गर्यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि शनिबार बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ