arrow

सोनालीका हत्याका फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
bharat-shah-hatyaka_-abhiyukta.jpg

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालीका चौधरी हत्याका फरार अभियुक्त डेढ महिनापछि पक्राउ परेका छन्। सोनालीका हत्याका अभियुक्त महोत्तरी भंगहा नगरपालिका–६ जमुनिया बस्ने २५ वर्षीय भरत साहलाई शनिबार सुनसरीको भण्टाबारीबाट  प्रहरीले पक्राउ गरेको हो ।

 महोत्तरी प्रहरीले पठाएको फोटोको आधारमा साहलाई पक्राउ गरिएको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए। साहले आमासँगै रहेकी सोनालीकालाई खेलाउने बहानामा लगेर हत्या गरी फरार भएका थिए । महोत्तरी प्रहरीले साहलाई पक्राउ गर्न खोजतलास तिव्र पारेको थियो ।

साह भारत भागेको हुनसक्ने आशंकामा महोत्तरी प्रहरीले भारतीय प्रहरीसँग समेत सहकार्य गर्दै आइरहेको थियो। तर साह सुनसरीबाट पक्राउ परेको महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिएका छन् ।

औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीकाको १० भाद्रमा पसलबाटै अपहरण भएको थियो । औरहीमा किराना पसल सञ्चालन गर्दै आएका चौधरीका छोरी सोनालीकाको शव अपहरण भएको भोलिपल्ट गाउँको एक खेतमा फेला परेको थियो।

सोनालीका पसलमा आमासँगै रहेको बेला साहले खेलाउने बहानामा काखमा उठाएर लगेका थिए । आमासँगै रहेकी सोनालीकालाई साहले उठाएर लगेको दृष्य पसलमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको थियो । सीसीटीभी फुटेजकै आधारमा शिशुलाई उठाएर लाने व्यक्ति साह रहेको सार्वजनिक भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ