arrow

नेपाली कांग्रेसका नेता प्रदिप पौडेल जापानमा

जनसम्पर्क समिति लगायतको कार्यक्रममा सहभागी हुने

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
pradip-poudel-japan.jpg

टोकियो। नेपाली कांग्रेसका नेता प्रदिप पौडेल जापान आइपुगेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुने सिलसिलामा जापान आइपुगेका पौडेललाई हानेदा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली जनसम्पर्क समितीका पदाधिकारी, सदस्यहरु लगायत एनआरएन आईसीसी अध्यक्ष भबन भट्टले स्वागत गरेका थिए।

नेपाली जनसम्पर्क समिती जापानका उपसभापतिहरु राजेन्द्र जमरकट्टेल, बिष्णु अर्याल, पुष्करजंग थापा, सहमहामन्त्री प्रेम प्रसाद कंडेल, केन्द्रीय सदस्य लक्ष्मण थापा, कान्तो सभापती एकेन्द्र थापा, कान्तो क्षेत्रका निवर्तमान सभापती यदुराम सापकोटा लगायत पौडेलको स्वागतका लागि हानेदामा पुगेका थिए। 

पौडेल २६ तारीक सम्म जापान रहने छन्। जापानमा रहँदा पौडेलले जनसम्पर्क समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने छन्। जनसम्पर्क समिती जापानले आईतबार दिउसो १ बजेबाट टोकियो सिनओकुबोस्थित सोलमारी हलमा जापानबासी नेपालीहरु बिचमा खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने जनसम्पर्क समिति कान्तो क्षेत्रका निवर्तमान सभापती यदुराम सापकोटाले जानकारी दिए।

सो कार्यक्रम पछि पौडेलले जापानका विभिन्न कार्यक्रममा सहभागी हुने, जापानबासी नेपाली र नेपाली कांग्रेस कार्यक्रताहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ।

यसअघी २०७४ असोजमा जापान गएका पौडेल स्पोन्सर गर्ने व्यक्ति जापान नभएका कारण एयरपोर्टबाटै फर्कनु परेको थियो। जापानमा व्यवसाय गर्दै आएका ऋृदिन्द्र गिरीले पौडेलको स्पोन्सर गरेपनि उनी सो समयमा जापान नभएका कारण पौडेल एयरपोर्टबाटै फर्कनु परेको थियो। पौडेल एयरपोर्टबाटै फर्कनु परेपछि गिरीले सार्वजनिक रुपमा वक्तव्य निकालेर क्षमा याचना गरेका थिए। स्पोन्सर गरेको व्यक्ति अध्यागमनले खोजेको समयमा उपस्थित हुन नसकेको कारण पौडेल नेपाल  फर्कनु पर्दा जनसम्पर्क समिति जापानले पनि दुख व्यक्त गरेको थियो। 

१३ महिनापछि पौडेललाई नेपाली जनसम्पर्क समिति जापानले फेरि जापान निम्त्याएर कार्यक्रम गर्न लागेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ