arrow

दशैं होस् त प्रधानमन्त्री ओलीको जस्तो 

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
pm-oli-tika.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको बडादशैं भब्य भइरहेको छ । बडादशैंका लागि नबमीदेखि सक्रियता देखाएका ओलीले चतुदर्शीसम्मै दशैं मनाउँदैछन्।

उनी नवमीमा झापा गएर आफ्ना स्थानीय कार्यकर्तामाझ दशैं मनाए । आफैले आयोजना गरेर कार्यकर्तालाई चियापान गराए र शुभकामना दिए । 

विजया दशमीका दिन उनले बिहान पंचांग निर्णायक समितिको साइत अनुसार बाबुका हातबाट टीका थापे । 

त्यसपछि मन्त्रीहरुलाई टीका लगाइदिएर दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका थापे । अनि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टीका लगाइदिए । साँझ आफन्तहरुलाई टीका लगाइदिए । 

शनिबार एकादशीदेखि मंगलबार चतुर्दशीसम्म उनले दैनिक बिहान ९ देखि ११ बजेसम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टीका लगाइदिइरहेका छन् । 

प्रधानमन्त्री ओली निकै उत्साही भइरहेका छन् । टीका लगाइदिँदा उनले देशको चिन्तसमेत गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ