arrow

बालकको करेन्ट लागेर  मृत्यु

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
current-killed.jpg

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ