arrow

सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
Dang-hamrakura.jpg.jpeg

तुलसीपुर । दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । 

मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् ।

तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए । 

सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उनको भनाइ छ । 

सरकारले निकै ढिलो गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उनले अझै तीन हजार ३६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताए ।

मुक्त कमैयाको व्यवस्थापनमा पटक पटक आन्दोलन र दबाब दिँदै आए पनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ