arrow

बडादशैंको टीका थाप्ने क्रम जारी, सरकारी कार्यालय खुले 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
jamara.jpg

काठमाडौं । बडादशैंको तेस्रो दिन द्धादशी आइतबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । दशमीका दिन टीका लगाउन नपाएकाहरु र आफन्तजन कहाँ जान नपाएकाहरु पूर्णिमासम्मै आशीर्वाद दिन जाने चलन छ । 

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा पश्चिमका केही जिल्लामा बाहेक देशभर चलिरहन्छ । 

खुले सरकारी कार्यालय 
सरकारले सप्तमीदेखि एकादशीका दिनसम्ममात्र सरकारी बिदा दिने भएकाले आइतबारदेखि नै सरकारी कार्यालय खुलेका छन् । 

गत वर्षसम्म द्धादशीसम्म बिदा दिने गरिए पनि यसपटक थप एक दिन बिदा काटिएको हो । मुलुकमा राजतन्त्र हुन्जेल पूर्णिमासम्म सार्वजनिक बिदा दिने चलन थियो । 

विद्यालयहरु भने अहिले पनि घटस्थापनादेखि पूर्णिमासम्म बिदा दिने चलन यथावत् छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ