arrow

कृष्णनगरकाे कर्फ्यू ५ बजेसम्म हट्याे

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
kapilbastu_district_map.png

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । ५ बजेपछि अर्काे निर्णय हुने बताइएकाे छ । दुर्गाको मूर्ति सेलाउने क्रममा झडप भएपछि शुक्रबारबाट अशान्त भएकाे कृष्णनगर बजार क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । झडपपछि गए राति नै कडा सुरक्षाकाबीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । 

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरिएको हो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ