सुरसुधाकी सरस्वतीले गाएको गान्धीजीको प्रिय भजन मोदीले गरे ट्वीट
सरस्वतीको आवाज सुनेर नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको मोदीको भनाइ
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
367
Shares
काठमाडौं। महात्मा गान्धीको १५० जन्मजयन्तीको अवसरमा गान्धीलाई संसारभर उनले अगाँलेको शान्ति र अहिंसाको लागि सम्झिदै छ। राजनीतिक वृत्तदेखि विभिन्न सामाजिक संघ संस्थाहरुले गान्धीले जीवन पर्यन्त अगाँलेको अहिंसाको मार्गको बारेमा चिन्तन गरेका छन्। संयुक्त राष्ट्रसंघले समेत गान्धीको सम्मानमा दिवस मनाउन थालेको छ।
गान्धीलाई संसारभरमा शान्ति र अहिंसाका अनुयायीहरुले विभिन्न किसिमबाट सम्झने गर्दै आएका छन्। कला क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन। नेपाल मात्र नभइ संसारभर सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुरसुधाले समेत गान्धीको सम्झनामा गान्धीकै प्रिय भजन गाएर सम्मान प्रकट गरेको छ।
गान्धीको प्रिय भजन “वैष्णव जन” लाई सुरसुधाकी सरस्वती खत्रीले गाएकी छिन्। खत्रीको स्वरमा रेकर्ड गरिएको गीतको भिडियो समेत बनाइएको छ। नेपालको पशुपतिनाथको दृश्यबाट शुरु गरिएको भिडियोमा कैलास मानसरोवर, मुक्तिनाथ लगायत पवित्र धार्मिक स्थलहरुको दृशय समेटिएको छ।
सुरसुधाको विशेष सहभागितामा भारतीय दुतावासले निर्माण गरेको भजनको भिडियोलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै भनेका छन, ' गान्धीजीको प्रिय भजन सुरसुधा सांगितिक समुह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ्र “पीर पराई जाने रे” भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ।'