मी टु अभियानलाई पछ्याएर घटना उजागर गरौं – डा डीला संग्रौला
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
511
Shares
काठमाडौं । नेपालमा यौनहिंसा भएका घटना सार्वजनिक गर्ने अभियानको थालनी भएको छ । संचारकर्मी रश्मिला प्रजापतीले हालका प्रदेश ३ का मन्त्री केसव स्थापितले काठमाडौं महानगरपालिकामा मेयर भएका बेलामा यौन प्रस्वाव गरेको र आफूले अस्वीकार गर्दा जागिर गएको प्रसंग सार्वजनिक गरेपछि यो अभियानलाई सशक्त बनाउने अभियानको थालनी भएको छ । ‘मन्त्री केशव स्थापितको यौन प्रस्ताव स्वीकार नगर्दा जागिर गयो’ –रश्मिला प्रजापती
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डीला पन्त संग्रौलाले मी अभियानलाई पछ्याएर आफूमाथि भएका यौनहिंसाका घटना उजागर गर्न आग्रह समेत गरेकी छिन् ।
उनले फेसबुकमा मंगलबार बिहान सेयर गर्दै लेखेकी छिन् ‘#Me Too# ’अभियानलाई नेपालमा पनि पछ्याउँदै आफूमाथि भएका यौनहिंसाको उजागर गरौँ, दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन आजैदेखि दवाव बढाऔँ ।’
डा संग्रौलाको यो सेयरसंगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि यो अभियानमा सक्रिय भएर लाग्ने देखिएको छ ।