arrow

पार्कीङ स्थलमै बसमा लाग्यो आगो          

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
makalu_Bus_fire.jpg

झापा । झापाको काकडभिट्टाको एक ग्यारेजमा राखिएको मकालु यातायातमा आगलागी भएको छ । विद्युत् सट भई आगलागी भएको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा आफ्नै गाडीकै विद्युत् चुहावट भई आगलागी भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

बिहान १०:३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

आगो निभाउन मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट गाडी पूर्ण रूपमा क्षती भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आगलागीको अरु कुनै कारण भए अनुसन्धान भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ