arrow

वीरगञ्जका पत्रकार दारुकामाथि एसिड प्रहार

logo
बिजय चौहान,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
journalist-daruka.jpg

वीरगञ्ज। वीरगञ्जमा मंगलबार साँझ एक जना पत्रकार माथि एसिड प्रहार गरिएको छ।वीरगञ्जबाट प्रकासित हुने बाइपास दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक धिरज दारुकामाथि साँझ करिब ७ बजे एक महिलाले एसिड प्रहार गरेकी हुन। 

वीरगञ्ज महानगरपालिका वाड नम्बर १० आदर्शनगरस्थित आफ्नै घर आगाडि उभिएको बेला पत्रकार दारुकामाथि महिलाले एसिड प्रहार गरेकी हुन्।

पत्रकार दारुकाकै छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि एसिड फ्याकेको पर्साका प्रहरी उपरक्षक रेवती ढकालले जानकारी दिए। घाइते दारुका वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। 

पत्रकार दारुका माथि एसिड प्रहार गर्ने मनितालाई वडा प्रहरी कार्यालय विर्तामा राखि आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ